Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

प्रधानमन्त्रीले गरे मनोचिकित्सकसँग परामर्श, निराशा र दिक्दारी हटाउन निर्देशन

Tuesday, September 8, 2020 National Power

काठमाडौं -प्रधानमन्त्री केपी शर्माओलीले कोभिड १९ का कारण सिर्जित मनेसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिएका छन् । मंगलबार बालुवाटारमा मनोचिकित्सकहरूसँग परामर्शका क्रममा निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्न मनोचिकित्सकहरूको विशेष योगदान हुने उनले जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन् ।

छलफलमा प्रधानमन्त्री ओलीले भनेका छन्– ‘कोभिड १९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चारमाध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ ।’

सो अवसरमा प्राडा। सुदर्शन नरसिह प्रधान, डा। पशुपति महत, प्राडा। सरोजप्रसाद ओझा, प्राडा। दिव्यासिह शाह, डा। रितेश थापा, डा। सगुन पन्त, डा। अनन्त अधिकारी, डा। फणीन्द्र बराल र डा। रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालिन र दीर्घकालिन उपायहरू प्रस्तुत गरेको सल्लाहाकार थापाले जनाएका जनाएका छन् ।