Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ८५ हजार नौ सय ४४ नाघ्यो

Tuesday, September 8, 2020 National Power

काठमाडौं- विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ८५ हजार नौ सय ४४ पुगेको छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ९६ हजार आठ सय ६० पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ९५ लाख ८७ हजार पाँच सय ३५ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ९३ हजार पाँच सय ३४, ब्राजिलमा एक लाख २७ हजार एक, भारतमा ७२ हजार आठ सय १६, मेक्सिकोमा ६७ हजा सात सय १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।