Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

श्रीमान‍्लाई भीरबाट फालेर गाउँमा बेपत्ता भएको बिलौना

Sunday, September 6, 2020 National Power

काठमाडौं-रुकुममा एक महिला आफ्नो श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बफीकोट गाउँपालिका–१० की २६ वर्षीया अन्जना पुन बुढा रहेकी छिन् । बुढाले गत भदौ १० गते राति घरमै ३६ वर्षीय श्रीमान् भीमबहादुर बुढालाई लाठीले निर्घात कुटपीट गरेर हत्या गरी शवलाई डोकोमा बोकेर भीरबाट फालेको स्वीकार गरेकी छन् ।

केही दिन अघि श्रीमान् बेपत्ता भएको भन्दै उनी गाउँ गुहार्न पुगेकी थिइन् । गाउँवासी मिलेर खोज तलासमा लागेपनि तीन दिनसम्म भीमबहादुरको शव भेटिएन । चौथो दिन दिउँसो घरदेखि २ सय मिटर दूरीमा पर्ने भीर तल सडेगलेको अवस्थामा भीमबहादुरको शव फेला परेको थियो ।

रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसी भन्छन्, ‘पति बियोगको पीडा देखाएकी महिलामाथि सुरुमा शंका गर्न पनि सकिएन । दोश्रो दिनदेखि त्यस घरको खानतलासी सुरु गरियो । घरमा लिपपोत र श्रीमान सुत्ने गरेको खाट अन्यत्र सारेको पाइयो ।’ प्रहरीले त्यसपछि उनलाई शंकाको घेरामा राखेर सोधपुछ गर्दा उनले आफूले हत्या गरी डोकोमा बोकेर भीरमा लगेर फालेको स्वीकार गरेको केसीले जानकारी दिए ।

प्रहरीका अनुसार त्यस दिन राति श्रीमान मदिराले मातेर आएको र आफ्नो चरित्रमाथि प्रश्न उठाएपछि आवेसमा आएर हत्या गरेको बयान दिएकी छन् । उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी केसीले बताए ।