Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

थानकोटमा डिजेल बोकेको ट्याङ्कर पल्टियो

Sunday, September 6, 2020 National Power

काठमाडौँ – चन्द्रागिरि नगरपालिका– ३ थानकोटस्थित नेपाल आयल निगम थानकोट डिपो नजिक मोडमा अति प्रज्वलनशील पदार्थ डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ ।

रक्सोल डिपोबाट थानकोट डिपोमा अनलोडका लागि ल्याएको ट्याङ्कर बाटामा मान्छे क्रस गरेपछि बचाउने क्रममा अनियन्त्रित भई डिजेल बोकेको गाडी पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका कार्यालय सचिव बादल लामाले बताए ।

ना ७ ख ७३९ नम्बर ट्याङ्करले २० केएल डिजेल रक्सोल डिपोबाट थानकोट डिपोमा ल्याउँदै थियो । ‘अचानक ड्याम्म आवाज आयो के भएको रहेछ भनेर घरबाट हेर्दा डिजेल ट्याङ्कर उतानो परेछ,’ एक स्थानीयले भने ।

उक्त ट्याङ्कर चालक सुरेश विक भने सकुशल रहेको चालक संघका अध्यक्ष ईश्वर लामाले बताए ।गाडी दुर्घटना हुदा गाडीको पाँच च्याम्वर मध्ये दुई च्याबरको ४ हजार लिटर डिजेल पोखिएको छ । नजिकै निगमको डिपो भएपनि ठूलो दुर्घटना टरेको स्थानीयको भनाइ छ ।