Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सडकमै आयो ‘सडक-२’

Sunday, September 6, 2020 National Power

एजेन्सी- सन् १९९१ मा रिलिज भएको फिल्म सडक त्यस्तो महान् फिल्म थिएन जसको सिक्वेल नै बनाइहाल्नु परोस्। आफ्नो जमानामा जादु चलाएका निर्देशक महेश भट्टको आत्मविश्वासले सडकको सिक्वेलमा कुनै नयाँ स्वाद पस्कन सकेन, न त दर्शकको मन नै जित्न सक्यो। उनले यसमा अघिल्लो फिल्मको सफलताको कसीलाई नै लाद्ने प्रयास गरे जुन दर्शकलाई बिल्कुलै पाच्य भएन।

२१ वर्षपछि निर्देशनमा फर्किएका महेशले कुनै यस्तो स्क्रिप्ट फेला पारे जसको मोहले उनले सन्न्यास तोडे भन्ने विश्वास गरेका फ्यान त्यतिबेला निराश भए जब उनीहरूले फिल्ममा कुनै फरकपन महसुस गर्न सकेनन्। यो फिल्ममा महेशले त्यही धार छोडेनन् जुन उनले आफ्नो अन्तिम फिल्म कारतुस १९९९ मा प्रयोग गरेका थिए। यो २१ वर्षमा बलिउडमा धेरै पानी बगिसकेको छ। फिल्म बनाउने विधा र दर्शकको रुचिमा जमिन आकाशको अन्तर आइसकेको छ जसलाई पछ्याउन उनी चुके।

ओटीटीको माध्यमबाट अहिले दर्शक निकै राम्रा फिल्म र वेब सिरिज हेरिरहेका छन्। यो समयमा आएको सडक(२ ले उनीहरूका रुचि पूरा गर्न सकेन। यदि यो फिल्म फिल्म हलमा रिलिज हुन्थ्यो भने पनि यसले पानी नमाग्ने निश्चित थियो।

सञ्जय दत्तलाई सडक-२ मा देखाएर महेशले पुरानो तार जोडेने प्रयास गरे पनि उज्याले भने दिन सकेनन्। फिल्ममा सञ्जय रविकोे भूमिकामा छन् जो पूजाका श्रीमान् हुन्। पूजा यो संसारमा नरहेपछि रवि आफू बाँच्नुको कुनै अर्थ देख्दैनन्। उनी मर्ने असफल प्रयास पनि गर्छन्। त्यसपछि उनको जीवनमा छोरीसरहकी आर्या आलिया भट्ट को प्रवेश हुन्छ। आर्याको पनि आफ्नै कथा छ। उनलाई समाप्त पार्न केही व्यक्ति लागिपरेका छन्। आर्याको जीवनरक्षा गर्न पनि रविले बाँच्नुपर्ने देखाइएको छ। यहाँ स्क्रिप्टमा थोरै ट्विस्ट गरिएको छ।

सौतिनीआमा, पाखण्डी साधु, हृदय परिवर्तित हत्यारा, हातका औंला काटिएका भिलेनजस्ता पात्रका मध्यमबाट फिल्म उठाउन खोजिएको छ। तर, यो फर्मुला पुरानो भइसकेको छ जुन ९० को दशकका फिल्ममा राम्रो मानिन्थ्यो। सुरुआतको १५, २० मिनेट फिल्म निकै दिक्कलाग्दो छ। त्यसपछि केही हेर्न लायकका दृश्य आए पनि त्यो लामो समय टिक्दैनन्। खाल्डैखाल्डा परेको हाइवेमा सडक९२ सब वेतिर हराएर कच्ची बाटोमा बरालिएको छ।
सञ्जय जवानीमा ‘स्क्रिन प्रेजेन्स’ र ‘स्टाइल’ को माध्यमबाट स्टार बनेका थिए तर अहिले त्यो समय छैन। फिल्ममा उनको बोलवाला छ तर अभिनयको जादु चलाउन सकेका छैनन्। फिल्म हेरिसकेपछि जो कोहीले पनि यो सजिलै भन्न सक्छ, यदि यो फिल्म महेश भट्टको हुँदैनथियो भने आलियाजस्ती प्रतिभाशाली र चतुर नायिका कुनै हालतमा यो फिल्ममा अभिनय गर्ने थिइनन्।

आदित्य राय कपुर ‘आशिकी९२’ कै स्टाइलमा छन्। निर्देशकले उनलाई यसरी प्रस्तुत गर्न खोजेका हुन् वा आदित्य पुरानै ढर्राबाट बाहिर निस्किन नसकेका हुन् त्यो खोजी कै विषय छ। जिशु सेनगुप्ता निकै राम्रा कलाकार हुन् तर यसमा उनले जुन भूमिका पाएका छन् त्यो ‘मिसफिट’ लाग्छ। मकरन्द देशपाण्डेमा सदाशिव अमरापुरकरको लेप लगाउन खोजिएको छ जुन केटाकेटी खेले जस्तो लाग्छ। यो खबर अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।