Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

गौतमबुद्ध मुटु अस्पतालका स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना

Friday, September 4, 2020 National Power

रुपन्देही – बुटवलको रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ रिपोर्ट आएका कसैमा पनि लक्षण नदेखिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

योसँगै मुटु अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखिएको र अस्पताल निर्मलीकरण गरेपछि २४ घण्टापछि संक्रमण नभएका स्वास्थ्यकर्मी र कर्मचारीले सुरक्षा मापदण्ड अपनाएर सेवा सुरु गरिने अध्यक्ष आलमले बताए ।

मुटु अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको बुधबार राति मृत्यु भएको थियो । एकजना संक्रमितको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको छ ।