Saturday 15th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

१२ सय २८ जना संक्रमित सहित आज ६ जनाको कोरोनाका कारण मृत्यु

Thursday, September 3, 2020 National Power

काठमाडौ – नेपालमा कोरोना भाइरसका आज १२ सय २८ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको सख्या ४२ हजार ८ सय ७७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म २४ हजार २ सय ७ जना संक्रमणमुक्त भएका छन् । आज मात्रै ९१७ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट आज ६ जनाको मृत्यु पुष्टि भएको छ । जसमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ४ महिला र २ पुरुषको मृत्यु भएको हो ।

आज मृत्यु भएकासँगै अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ । जसमध्ये एक सय ८७ पुरुष र ७० महिला छन् । देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर ०.६० % पुगेको प्रवक्ता डा.गौतमले जनाएका छन्