Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान प्रधानमन्त्री तथा अध्यक्ष ओली सकारात्मक

Wednesday, September 2, 2020 National Power

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पौने दुई घण्टा भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा प्रधानमन्त्री तथा अध्यक्ष ओली उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान सकारात्मक देखिएका छन् । बालुवाटारमा भएको पौने दुई घण्टा लामो भेटवार्तामा अर्का अध्यक्ष दाहालले गौतमलाई राष्ट्रियसभामा लानुपर्ने प्रस्ताव गरेका थिए । र, दाहालको उक्त प्रस्तावमा ओली सकारात्मक देखिएका छन् । भोलि बस्ने सचिवालय बैठकका एजेण्डा तय गर्न आज भएको अध्यक्षद्धयको भेटवार्तामा वामदेवबारे पनि कुराकानी भएको थियो ।

गत फागुनमा सचिवालय बैठकले नै उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गरेको थियो ।तर पछि गौतमले ईच्छा नदेखाएको भन्दै उक्त निर्णय कार्यान्वयन भएको थिएन । अहिले फेरी गौतमले नै ईच्छा देखाएपछि सोहीअनुसार दाहालले ओलीसमक्ष प्रस्ताव गरेका हुन् ।
गौतमले हालै अध्यक्षद्धय ओली र दाहाललाई छुट्छुट्टै भेट गरी आफूलाई राष्ट्रियसभामा लैजाने यसअघिको पार्टीको निर्णय यथाशक्य कार्यान्वयन गर्न दबाब दिएका थिए । प्रधानमन्त्री ओलीले पत्रकार ऋषि धमलासँग प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा वामदेव राष्ट्रियसभामा जानेबारे च्याप्टर क्लोज भएको बताएपछि विवाद सतहमा आएको हो ।

यही भदौ २० गतेपछि वर्तमान अर्थमन्त्री डा। युवराज खतिवडा मन्त्रीपदबाट मुक्त हुन्छन् । तर ओलीले पुनः खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गरेर मन्त्री यथावत राख्न चाहेका बेला अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्यहरुले गौतमलाई मनोनित गर्ने यसअघिको निर्णय कार्यान्वयनमा ओलीलाई दबाब दिएका छन्

गौतमलाई मनोनित गर्ने विषयमा ओली सकारात्मक देखिएको बताईएको छ । आजको झलफलमा अध्यक्षद्धयबीच मन्त्रीमण्डल हेरफेर बारे पनि छलफल भएको थियो । त्यसैगरी अध्यक्ष दाहालले आफूलाई दिइएको कार्यकारी अधिकारमा हस्तक्षेप नगर्न पनि माग गरेका थिए ।