Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

भदौभित्र कोरोना संक्रमित संख्या ५० हजार नाघ्नसक्ने

Wednesday, September 2, 2020 National Power

काठमाडौं  – नेपालमा दैनिक एक हजारको दरमा कोरोना भाइरसका संक्रमित थपिन थालेका छन् । साउनमा एक हजारभन्दा कम संख्यामा संक्रमित थपिने गरेकोमा भदौमा आइपुग्दा दैनिक एक हजारको दरमा वृद्धि हुन थालेको हो ।भदौको १६ दिन १० हजारभन्दा बढी संक्रमित थपिइसकेका छन् । मृतकको संख्या पनि ह्वात्तै बढेको छ ।

कोरोना संक्रमितको पछिल्लो वृद्धि दरलाई केलाउँदा भदौभित्र कुल ५० हजार संक्रमित संख्या पुग्ने देखिएको छ । हिजोसम्म ४० हजार ५ सय २९ जना संक्रमित संख्या पुगेको । अब साँढे ९ हजार थपिएमा ५० हजार कट्छ । अहिले एक हजार दैनिक संक्रमित थपिएको अनुपातलाई आधार मान्दा भदौभित्र ५० हजार कट्ने सम्भावना बढी छ ।
कुल मृतक संख्या २३९ पुगेको छ । १६ भदौसम्म १३४ जनाको संक्रमणबाट मृत्यु भएको छ । यसअघि साउन महिनासम्म १०४ जनाको मृत्यु भएको तथ्यांक थियो । यही अनुपातमा संक्रमितको मृत्यु भइरहे भदौभित्र ४ सय जनाको मृत्यु भइसकेको प्रक्षेपण छ ।