Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

वामदेवलाई राष्ट्रिय सभामा लैजानुपर्ने पक्षमा दाहाल, नेपाल र खनाल: प्रधानमन्त्री ओली दबाबमा

Tuesday, September 1, 2020 National Power

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जाने र सरकारमा सहभागी हुने बताएसँगै पार्टीभित्र पूनः विवाद सुरु भएको छ । नेता गौतमले हिजो (सोमबार) मात्रै अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटेर आफूलाई राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्नेबारे दबाब दिएका थिए ।

पछिल्लो समय प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले वामदेव राष्ट्रिय सभामा जाने च्याप्टर क्लोज भएको बताउँदै वर्तमान अर्थमन्त्री डा। युवराज खतिवडालाई नै निरन्तरता दिने बताएका थिए । प्रधानमन्त्री ओलीको यो भनाई बाहिरिएसँगै उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रिय सभामा लैजानुपर्ने दबाब बढाएका छन् ।

उनले प्रधानमन्त्री ओलीसँग भेटेर यसअघि आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय तत्काल कार्यान्वयन गर्न दबाब दिएका थिए । लगत्तै, उनले खुमलटार पुगेर अर्का अध्यक्ष दाहाललाई पनि भेटेका थिए । आजमात्रै अध्यक्ष दाहाल, वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालबीच कुराकानी भएको र तीनै जना नेताबीच गौतमलाई राष्ट्रिय सभामा ल्याउने निर्णय कार्यान्वयन गर्ने कुरा गरेका थिए ।

उच्च स्रोतले दिएको जानकारीअनुसार तीन जना नेताले वामदेवलाई राष्ट्रिय सभामा लैजानेबारे निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री ओलीलाई दबाब दिने भएका छन् ।