Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

भैरहवाका आचार्य गौतमको आह्वानः अर्कबटी खाऊँ कोरोना भगाऊँ

Tuesday, September 1, 2020 National Power

बुटवल- रुपन्देहीका आयुर्वेदिक जडीबुटीका अनुसन्धानकर्ता आचार्य बद्री गौतमले कोरोना संक्रमितलाई निको पार्ने आयुर्वेदिक औषधी आफूले तयार पारेको बताउनुभएको छ ।

‘मैले परीक्षण गरेर हेरिसकें, मैले तयार पारेको अर्कबटी नामक औषधी १ सय ५३ ले खाएका छन्, त्यसमध्ये १ सय ३८ ले पीसीआर परीक्षण गराए, आजसम्म १ सय ३७ को कोरोना भाइरस नेगेटिभ रिजल्ट आएको छ।’ –चिकित्सक गौतमले नेपाल समाचारपत्रलाई सोमबार बताउनुभयो ।

गुल्मी जिल्लाको वोलीवाङ हालको चन्दकोट–८ मा २०१९ सालमा जन्म भई विसं २०५० बाट रुपन्देही झर्नुभएका आयुर्वेद आचार्य डा। बद्री गौतम हाल भैरहवाको अन्नपूर्ण टोलमा बस्नुहुन्छ । डा। गौतमले आफू ८५ पुस्ताका रुपमा आयुर्वेदिक जडीबुटीको अनुसन्धानकर्ताको रुपमा काम गर्दै आएको बताउनुहुन्छ ।

उहाँले तयार गरेको आयुर्वेदिक औषधी कोरोना पोजेटिभ भएका बिरामीले खाएको ७ दिनमा कोरोना भाइरस मर्ने, ८ र ९औं दिनमा कोरोना भाइरसको लास निकाल्ने, १०औं दिनमा स्वाब लिने र ११औं दिनमा स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने दाबी गर्नुभयो ।

डा। गौतमले तयार गर्नुभएको औषधी आइतबारसम्म १ सय ५३ जना कोरोना पोजेटिभले खाएकोमा १ सय ३८ जनाको रिपोर्ट आएकोमा १ सय ३७ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ आएको समेत बताउनुभयो । नेपालमा पाइने पाँच प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी ‘अर्कबटी’ गोली तयार पारिएको गौतमले बताउनुभयो ।

डा। गौतमले चीनको उहान प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरुको मृत्यु भएको खबर सुन्नासाथ जडीबुटीबाट आयुर्वेद औषधी निर्माणबारे अध्ययन थालेको बताउनुभयो । २ हजार ५ सय वर्षपहिले ऋषि आत्रेयराज अत्रीले जुम्लाको गोतम वाडाबाट शुरु गर्नुभएकोे सूत्रानुसार श्वासप्रश्वास र पाचन नलीमा आउने समस्यालाई निको पार्न प्रयोग गरिएको जडीबुटीलाई कोरोनाविरुद्धको औषधी बन्न सक्ने सोचेर त्यही विधिअनुसार औषधी तयार पारिएको डा। गौतमले बताउनुभएको खबर आजको समाचार पत्रले छापेको छ ।