Thursday 10th October 2024

    सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्न    पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना

काठमाडौंमा एकैदिन २९८ जना कोरोना संक्रमित थपिए

Monday, August 31, 2020 National Power

काठमाडौं- काठमाडौं उपत्यकामा आज एकै दिन २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ८ सय ९९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २ सय ९८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।जागेश्वर गौतमले ११ हजार १ सय २९ जनाको पिसीआर परिक्षणमा ८ सय ९९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

आजसम्म निको भई घर फर्कनेको सख्या २१ हजार ४ सय १० रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १९० जना र ललितपुरका ६७ जना र भक्तपुरका ४१ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३९ हजार ४ सय ६० पुगेको छ ।