Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

भारतले नेपाली भु-भाग फिर्ता गर्छ: प्रधानमन्त्री ओली (भिडियोसहित)

Sunday, August 30, 2020 National Power

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपालको भु-भाग फिर्ता गर्ने बताएका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यसबारे कुराकानी हुने समेत बताए ।

‘भारतले नेपाली भुभाग फिर्ता गर्नुपर्छ र गर्छ,’ प्रधानमन्त्री ओलीले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँगको विशेष अन्तवार्तामा भने, ‘त्यसका लागि मोदीजीसँग कुराकानी हुन्छ । भारतले नेपालको भु-भाग हो भन्ने स्वीकार्नुपर्छ र स्वीकार्छ ।’

कालपानीलगायतको भु-भागलाई नेपालको नक्शामा समेट्नु देखावटी मात्र नभएको बताए । उनले नक्शा यथार्थ भएकाले भु-भाग पनि फिर्ता हुने बताए । त्यसका लागि कुटनीतिक तहमा कुराकानी हुने बताए । आफू त्यसका लागि भारतीय समकक्षीसँग कुराकानी गर्न समेत तयार भएको स्पष्ट पारे । ऐतिहासिक तथ्यका आधारमा कालापानीलगायतको भुभाग नेपालको भएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘सहमति विना सेना राखेको र सेनाले ब्लक गरेर खोसिएको हो ।’ उक्त भु-भाग नेपालको भएकाले समेटिएको र त्यसमा उद्धेलित हुनु आवश्यक नभएको बताए ।

आफ्नो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सुमधुर सम्बन्ध रहेको समेत बताए । बेला बेलामा कुराकानी पनि भइरहेको र भारतको स्वतन्त्रता दिवसमा शुभकामना आदानप्रदान र कोभिड-१९ को चुनौती र सामनाबारे छलफल भएको बताए ।                                 रिपोर्टर क्लवबाट साभार