Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

पछिल्लो २४ घण्टामा देशभर ९ सय २७ संक्रमित थपिए

Friday, August 28, 2020 National Power

काठमाडौं – काठमाडौं । बितेको २४ घण्टामा देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए । यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने यससँगै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ५७३ र होम आइसोलेसनमा ६ हजार ४४६ जना रहेका छन् । बितेको २४ घण्टामा १० हजार २२९ पीसीआर भएको छ ।