Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कोभिड-१९ विरुद्धको खोप खरिद गर्न युरोपेली आयोगद्वारा सम्झौता

Friday, August 28, 2020 National Power

काठमाण्डौ – युरोपेली आयोगले कोभिड-१९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको बताइएको छ । बताइएअनुसार उक्त खोप बनाएको भनिएको ‘फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेका’सँग सो सम्झौता गरेको हो ।

युरोपेली आयोगका स्वास्थ्य तथा खाद्य सुरक्षासम्बन्धी प्रमुख स्टेला क्रियाकिदेशले उक्त कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा बिहीबार सो सम्झौता गरेका हुन् ।

प्रमुन निकोसियाले उक्त कम्पनीसँग खोप खरिद गर्ने विषयमा आफूले सम्झौतामा हस्ताक्षर गरेको एक टेलिभिजन सम्बोधनका क्रममा जानकारी दिएका हुन् । सो सम्बन्धी सम्झौतापत्रमा बिहीबार आयोगको कार्यालय परिसरमा नै हस्ताक्षर भएको पनि उनले बताए । यो सम्झौता पत्रमा उक्त कम्पनीसँग युरोपेली आयोगले ३० करोड भायल खोप किन्ने बारेमा सहमति गरेको हो । उक्त खोप युरोपेली युनियनले खरिद गर्न सक्नेछ । सम्झौता पत्रमा उक्त खोपहरु युरोपेली युनियनका सदस्य राष्ट्रहरुले नै खरिद गर्न पाउने छन् । उक्त कम्पनीले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर सो खोप उत्पादन गर्ने बताएको हो । यो खोप कोरोना भाइरसका विरुद्धमा दिइने छ ।

उक्त खोप ट्रयलमा रहेको छ । कोभिड १९ का खोपहरु अरु देशहरुले पनि विकास गरिरहेको बताएका छन् तर पनि अरुभन्दा यो बढी प्रभावकारी देखिएको बताइन्छ ।