Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

२४ घन्टामा कोरोनाबाट ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

Wednesday, August 26, 2020 National Power

काठमाडौँ – कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गएको २४ घन्टामा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार औपचारिक रुपमा पुष्टि गरेको हो । मृतकमा २ जना महिला र ९ पुरुष रहेका छन् ।

मृत्यु हुनेहरुमा

मोरङकी ४६ वर्षीया महिला
भक्तपुरकी ५३ वर्षीया महिला
कैलालीका ४५ वर्षीय र ५० वर्षीय २ पुरुष
महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष
बाँकेका ३७ वर्षीय पुरुष
काठमाडौँका ५१ वर्षीय पुरुष
बाराका ४१ र ४६ वर्षीय २ पुरुष
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।