Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

कोरोना संक्रमणबाट भदौको एक हप्ताभित्र ४५ जनाको मृत्यु

Monday, August 24, 2020 National Power

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट दैनिक मानिसको मृत्यु हुन थालेको छ । लगातार मृतक संख्या बढ्दै जाँदा महामारीको संकट भयावहतर्फ उन्मुख भएको छ ।

भदौको सात दिनमै ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । एकै दिन किर्तिमानी ११ जनाको मृत्यु पनि यसै महिना भएको छ । २० साउनबाट दैनिक कोरोना संक्रमणबाट मृत्यु संख्या थपिने क्रम रोकिएको छैन ।

२ जेठमा कोरोना भाइरसबाट पहिलो मृत्यु पुष्टि भई फाट्टफुट्ट मृत्युका घटना हुने गरेकोमा पछिल्लो समय लगातार मानिसको मृत्यु हुने क्रम बढेको छ । जेठ देखि साउनभित्र एक सय ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । तर, भदौको १ देखि ७ गतेभित्र ४५ जनाको मृत्यु भइसकेको छ । जेठमा भन्दा असारमा, असारमा भन्दा साउनमा बढी मानिसको मृत्यु भएको तथ्यांक छ । दैनिक मृत्युदर बढिरहँदा भदौ महिनामा विगत तीन महिनाको भन्दा बढी मृत्यु रेकर्ड हुने प्रक्षेपण गरिएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको छ । मृत्यु हुनेमध्ये एक सय १५ पुरुष र ३४ महिला छन् ।