Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही, उपत्यकामा मात्रै ११७० जना कारवाहीमा परे

Thursday, August 20, 2020 National Power

काठमाडौं – प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको अभियोगमा एक हजार १७० जना कारबाहीमा परेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरबाट निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा उनीहरुलाई कारबाही गरिएको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार उनीहरुलाई दुई घन्टा सडकमा होल्ड गराएर छाडिएको छ । बिहीबारबाट प्रशासनले उपत्यकाका तीन जिल्लामा साता व्यापी निषेधाज्ञा लागू गरेको छ । पहिलो दिनमा विना काम निस्किएका ४१५ वटा दुई पांग्रे र एक सय ७९ वटा चार पांग्रे सवारीसाधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।                                                       ‘सवारीसाधनको हकमा स्क्रिनिङ गर्छौं, चित्तबुझ्दो जवाफ नआए कानुनी कारबाही पनि हुनसक्छ’, पोखरेलले भने ।