Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

पाटन, धरान र वीरगञ्जमा चार कोरोना संक्रमितको मृत्यु

Wednesday, August 19, 2020 National Power

काठमाडौं । ललितपुरको पाटन अस्पताल, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पर्साको नारायणी कोरोना अस्पतालमा गरी पछिल्लो पटक चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
ललितपुरको पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो । उनी साउन २१ गतेदेखि सो अस्पतालमा उपचाररत थिइन् ।त्यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्की कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको छ ।

प्रतिष्ठानमा रहेको कोभिड–१९ अस्पतालमा मोरङ बुढीगंगा २ बस्ने ६७ वर्षीया ती महिलालाई साउन २५ गतेदेखि उच्च ज्वरो, अत्यधिक खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा लगिएको थियो ।
तर सो अस्पतालले रोग पहिचान गर्न नसकेपछि भदौ २ गते मंगलबार बिहान बीपी प्रतिष्ठानमा रिफर गरेको प्रतिष्ठानका प्रवक्ता प्रा।डा।निदेश सापकोटाले जानकारी दिए । उनमा मुटुको समेत समस्या रहेको अस्पालले जनाएको छ ।  उता वीरगन्जको नारायणी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– ४ विर्ता का ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वाका ५७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।