Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कंगनाको कटाक्षमा अब आमिर खान

Wednesday, August 19, 2020 National Power

काठमाडौं -बलिउड नायिका कंगना रनौत आफ्नो बयानका लागि धेरैजसो चर्चामा रहन्छिन् । यसका साथै उनी विवादास्पद विषयमा आफ्नो धारणा व्यक्त गर्न हिच्किचाउँदिनन् । हालै उनले आमिर खानमाथि कटाक्ष गरेकी छिन् ।

कंगना रनौतको टिमले ट्वीटर ह्यान्डलमा आमिर खानको एउटा पुरोना अन्तरवार्ता सेयर गरेको छ । यसमा आमिर खानले आफ्नो नीजि जीवनबारे कुरा गरिरहेका छन् जसमा उनले आफ्नी श्रीमती हिन्दु भएतापनि सन्तानले भने इस्लामको पालना गर्नुपर्ने बताएका छन् । कंगना रनौतको टिमले अन्तरवार्ताको लिंक सेयर गरेर आमिर खानको धर्मनिरपेक्षतामाथि प्रश्न उठाएका छन् ।

कंगनाको टिमले ट्वीटरमा लेखेको छ, ‘हिन्दूंमुस्लिम. मुस्लिम । यो त कट्टरपन्थी हो । विवाहको परिणाम जीन वा संस्कृतिको मिश्रण मात्रै नभई धर्मको पनि हो । आफ्ना सन्तानलाई अल्लाहको उपासना पनि सिकाउनुहोस् र श्रीकृष्णको भक्ति पनि, यही धर्म निरपेक्षता हो नि ?

स्मरण रहोस्, कंगना रनौतकी आमाले हालै मनालीमा आफ्नो घरमा आफ्नी छोरीको सुरक्षा र कल्याणका लागि पूजाको आयोजना गरेकी थिइन् । कंगना रनौतको समूहले सोसल मिडियामा एउटा भिडियो सेयर गरेकी थिइन् जसमा उनलाई आफ्नी आमासँग पूजा गरिरहेको देख्न सकिन्छ ।