Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

कोरोना बन्यो भयावह, आज सर्वाधिक एक हजार १६ कोरोना संक्रमित

Tuesday, August 18, 2020 National Power


काठमाडौं – नेपालमा कोरोना भाइरसको महामारी भयावह बनेको छ । आज अहिलेसम्मकै सर्वाधिक १ हजार १६ जना संक्रमित थपिएसँगै अवस्था भयावह बनेको हो ।

एकै दिन एक हजारभन्दा बढी संक्रमित थपिएपछि त्रास बढेको छ । अलिहेसम्म कुल संक्रमितको सख्या २८ हजार २ सय ५७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १७ हजार ५ सय ८० जना संक्रमणमुक्त भएका छन् । आज ८५ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।