Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

रिलिज भयो ‘सडक टु’ को पहिलो गीत, पुनः डिसलाइकको वर्षा

Sunday, August 16, 2020 National Power

एजेन्सी- रिलिजको संघारमा रहेको फिल्म ‘सडक टु’ को गीत ‘तुम से ही’ गीत रिलिज भएको छ । ट्रेलर सार्वजनिक भएपछि एकपटक यो गीतमाथि मानिसहरुको रोष पोखिएको छ । समाचार तयार पार्दासम्म यो गीतले ४८ लाख भ्यू पाइसकेको छ भने ९८ हजारले यो गीतलाई लाइक गरेका छन् । यद्यपि, भिडियोमा ३ लाख ९३ हजार डिसलाइक गरेका छन् ।

यो गीतले आदित्य रोय कपुर र आलिया भट्टको पात्रलाई नजिकबाट चिन्ने मौका प्रदान गर्छ । तर एक हदसम्म यो गीतको भिडियो निराश पारिदिने किसिमको छ किनभने यहाँ आदित्य रोय कपुरको भूमिका दोहोरिएको जस्तो देखिन्छ ।

‘तुम से ही’ मा आदित्य रोय कपुर एक तनावमा भएका गायकको रुपमा छन् जुन आशिकी टुमा अत्यधिक रक्सी पिइरहेको देखिन्थे । तर यो गीतमा उनी एक्लोपनसँग जुधिरहेको देखिएका छन् । जस्तै राहुल जयकरले ‘आशिकी टु’ मा प्रेमिका आरोहीसँग दुरी बनाए त्यसरी नै ‘सडक टु’ मा उनी प्रेमिका अरायासँग टाढा भएका छन् ।