Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सन्तान जन्माएपछि यी चर्चित बलिउड अभिनेत्रीले छोडिदिए अभिनय

Sunday, August 16, 2020 National Power

काठमाडौं – बलिउड अभिनेत्रीहरुमा केही अभिनेत्रीले सन्तान जन्माएपछि अभिनय छोडिदिए ।

ऐश्वर्या राय : ऐश्वर्या राय बच्चन विश्वमै मनोरञ्जनको दुनियाँमा चर्चित नाम रहेको छ । उनको सुन्दरताको तारिफ नगर्ने सायद कोहि होला । उनी अभिनयमा पनि उत्तिकै पोख्त छिन् । तर उनले छोरी आराध्याको जन्मपछि बलिउड उद्योगमा खासै देखिन छोडिन् । उनले छोरीको जन्मपछि केही फिल्ममा मात्र काम गरिन् ।

सोनाली बेन्द्रे : सोनाली बलिउडकी ती अभिनेत्रीहरुमध्येकी एक अभिनेत्री हुन् जसले छोराको जन्मपछि फिल्म दुनियाँबाट दुरी बनाइन् । उनले विवाहपछि थोरै मात्रै फिल्ममा काम गरिन् त्यसपछि उनले छोराको जन्मपछि झनै फिल्म दुनियाँबाट नै टाढा जाने फैसला गरिन् । उनी रियालीटी शोहरुमा कहिलेकाँही देखिन्छिन् ।

नितु सिंह  :चर्चित अभिनेता ऋषि कपूरकी पत्नी समेत रहेकी अभिनेत्री नितु सिंहले सानो उमेरदेखि नै फिल्म क्षेत्रमा कदम राखेकी थिइन् । उनले विवाह हुनेवित्तिकै फिल्म क्षेत्रबाट टाढिने निधो गरिन् । उनले रणवीर कपूर र रिद्धिमा कपूरको हेरचाहमा समय बिताइन् ।

ट्विङ्कल खन्ना: उनी पनि बलिउडकी चर्चित अभिनेत्री हुन् । विवाह अघि र सन्तानलाई जन्म दिनुअघि थुप्रै चर्चित फिल्ममा अभिनय गरेकी खन्नाले विवाह पछि बलिउड छोडिन् र दुई बच्चाको स्याहारमा लागिन् ।