Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

रुसी जनताले छानी छानी कोरोना भ्याक्सिन लगाउन पाउने, अरु देशकाको हालत के होला

Saturday, August 15, 2020 National Power

एजेन्सी – रुसले विकास गरेको कोरोना भाइरसविरुद्वको भ्याक्सिन धमाधम प्रयोगमा आउँदैछ । रुसी कम्पनि गेमिलियाले विकास गरेको भ्याक्सिन अक्टोबरमा प्रयोगमा आउँदैछ । यो शुरुमा सेना, स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि प्रयोग गरिनेछ । त्यसपछि नागरिकलाई लगाइनेछ ।

रुसमा एउटा खोप विकास भइसकेको र अन्य खोप विकासको क्रममा छ । विकास भएका खोपहरु रुसी जनताले रोजी र छाडी पाउनेछन् । रुसी समाचार संस्था तासका अनुसार नागरिकले चाहेअनुसार लिन सक्ने व्यवस्था भइरहेको छ । उक्त विषयको जानकारी रुसको राजधानी मस्कोका मेयर सर्गेई सोब्यानिनले बिहिबार जानकारी दिएका हुन् ।

उनको भनाई उदृत गर्दै तासले लेखेको छ,‘हामी सित स्व उत्पादित खोप छ । यो गर्वको कुरा हो, यसलाई वास्तविक रुपमा प्रयोग गर्ने मौका भेटिएको छ र आगामी महिना भित्र अझ खोपहरु प्रयोगमा ल्याइने छ ।’ कोराना भाइरसविरुद्वको विभिन्न खोपहरु निर्माण भइसकेपछि रुसी नागरिकले आफ्नो इच्छा अनुसार कुन खोप प्रयोग गर्नेबारे निर्णय लिन सक्ने व्यवस्था भइरहेको मस्कोका मेयरले जानकारी गराएका छन् । उनले थपे,‘विश्वले खतरानाक अवस्थाको सामाना गर्नुपरिरहेको छ ।’ मानिससित दूईवटा मात्र विकल्प छ । पहिलो खोप लगाई सुरक्षीत हुने, दास्रो छिटो अथवा ढिलो संक्रमित हुने ।’

रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले २५ साउनमा अनुमोदन गरेको खोप सुरक्षित र प्रभावकारी रहेको र ९५ प्रतिशतसम्म साकारात्मकता देखिएको जनाइएको छ । अगामी महिनामा खोपको अभाव हुन सक्ने कारण कसैलाई जबरजस्ती खोप लगाउन अवस्था नरहेको जनाइएको छ । तुरुन्तै चाहेअनुसार उत्पादन नहुने कारण उत्पादनमा जोड दिइने समेत जनाइएको छ । रुस कोरोना भाइरसविरुद्वको खोप निकाल्ने पहिलो देश बनेको छ । रुसद्वारा निर्माण भएको खोप एक पटक प्रयोग गरे दुई वर्षसम्म शरीरमा प्रतिरोधात्मक प्रणालीको विकास गरिरहने जनाइएको छ ।

यसरी रुसी जनताले छानी छानी भ्याक्सिनको प्रयोग गर्न पाउने भएपनि धेरै देशहरुमा सन् २०२१ मा पनि भ्याक्सिन पुग्ने नपुग्ने आशंका छ । अमेरिका, युरोप र चीनले पनि भ्याक्सिन विकास गर्दैछन् । भारतले पनि विकास गर्दैछ । ती देशहरुमा उत्पादन भएमा भने केही आशा गर्न सकिनेछ । नत्र धनी देशहरुले भ्याक्सिन खरिद गर्नेछन् र गरिब मुलुकहरुको पहुँच तत्काल सम्भव नहुनसक्छ ।