Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

सुशान्तलाई न्याय दिन वरुण धवन र मौनी रायले उठाए आवाज

Saturday, August 15, 2020 National Power

एजेन्सी- बलिउड अभिनेता सुशान्त राजपुतको निधनपछि विश्व भर विषयको चर्चा बनिरहेको छ । उनको निधनपछि सुशान्तसँग जोडिएका धेरै कुरा बाहिर आएका छन् । सुशान्तको निधन पश्चात उनका साथीहरु र आफन्तले उनको केसमा सिबिआइले अनुसान्धान गर्नुपर्ने माग गर्दै आएका छन् । मुम्बईको प्रहरीले हेरी रहेको केस ४० दिनपछि सुशान्तको परिवारले सिबिआईले अनुसन्धान गर्नुपर्ने बताउदै आएका छन् ।

अभिनेता वरुण धवन र मौनी रायलेपनि सुशान्तको केस सिबीआई नै गर्नुपर्ने बताएका छन् । ‘सिबिआई फर सुशान्त सिंह राजपुत’ नामको पेज सेयर गरेर दुई कलाकारहरुले आफ्नो इन्स्टाग्राममा सिबीआईले गर्नुपर्ने मार्ग राख्दै सेयर गरेका छन् । ‘सिबिआई फर सुशान्त सिंह राजपुत’ नामको यो पेजमा अंकिता लोखडे, कंगना रनौत, कीर्ति सेनन्, मअमिशा पट्टेल जोडिएका छन् ।