Monday 4th November 2024

    ५० प्रतिशत सेयर र निःशुल्क प्रोमोको सुविधा पाउन निर्माता संघको सदस्य हुनै पर्ने    सरकार ढल्ने दिवा सपना नदेखे हुन्छः प्रधानमन्त्री    कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारी गर्दै नेकपा (माओवादी केन्द्र)    सुनको भाउ हालसम्मकै उच्च विन्दुमा    हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु

विश्वभर कोरोना सङ्क्रमितको संख्या दुई करोड तेह्र लाख नाघ्यो

Saturday, August 15, 2020 National Power

काठमाण्डौ –  विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ६३ हजार ३८७ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

सङ्क्रमित मध्ये हालसम्म एक करोड ४१ लाख ५१ हजार ७६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ४२ हजार ७३७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख ७६ हजार २६६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ७१ हजार ५३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५१ लाख ५६ हजार ८२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७३ हजार २८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६४ लाख ५४ हजार ७५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ४४ हजार ९०७ जनाको मृत्यु भएको छ ।

युरोपमा ३१ लाख २९ हजार ५४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार ५०१ को मृत्यु भएको छ । एसिया ५४ लाख ९० हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १७ हजार १३३ जनाको मृत्यु भएको छ ।अफ्रिकामा ११ लाख १ हजार ३४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार १४३ जनाको मृत्यु भएको छ । ओसियानामा २५ हजार १३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०५ जनाको मृत्यु भएको छ ।(एएफपी