Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

विश्वभर कोरोनाबाट साढे सात लाख भन्दा बढीको मृत्यु

Friday, August 14, 2020 National Power

काठमाण्डौ – विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ५७ हजार ४९५ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

संक्रमित मध्ये हालसम्म एक करोड ३९ लाख २५ हजार ६२५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६३ लाख ९१ हजार ८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ५०६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख १५ हजार ६६६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ७० हजार ४१५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५० लाख ७४ हजार ३७३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७१ हजार ४१८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६३ लाख ८२ हजार ६८९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४३ हजार ६० जनाको मृत्यु भएको छ ।

युरोपमा ३१ लाख ६ हजार ५५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार २०५ को मृत्यु भएको छ । एसिया ५३ लाख ९६ हजार ७७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १५ हजार ६६९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १० लाख ८८ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २४ हजार ७२७ जनाको मृत्यु भएको छ । ओसियानामा २४ हजार ८०६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०१ जनाको मृत्यु भएको छ ।