Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

बढ्यो सुनको भाउ

Friday, August 14, 2020 National Power

काठमाडौं – साताको अन्तिम दिन सुनको भाउ पुनः बढेको छ । बिहीबारको तुलनामा तोलामा आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि बढोत्तरी भएर प्रतितोला १३ सय ५५ रुपैयाँ मूल्य तोकिएको छ ।

आइतबारदेखि नै निरन्तर घटिरहेको सुनको भाउ बुधबार एकैदिन ६ हजार दुई सय रुपैयाँले घटेको थियो । तर, बिहीबार पुनः दुई हजार चार सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको हो ।

गत साउन २३ गते सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च एक लाख तीन हजार पाँच सय रुपैयाँ कायम भएको थियो । रसियाले कोभिड १९ विरुद्धको खोप निर्माण गरेको घोषणापछि सुनमा लगानी गर्नबाट टाढीका लगानीकर्ता विश्व स्वस्थ्य संगठनबाट खोपले स्वीकृत नपाएपछि पुनः सुनमै लगानी गर्न हौसिएको व्यवसायीहरुले बताएका छन् ।