Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

प्रदेश सांसद श्रेष्ठलाई कोरोना संक्रमण

Wednesday, August 12, 2020 National Power

विराटनगर –  प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी इटहरीमा बसोबास गर्दै आएकी छन् ।

साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि उनले शनिबार धरानमा स्वाब दिएकी थिइन् । बुधबार पोजेटिभ रिपोर्ट आएको हो । श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य छ । आत्मबल मजबुद बनाएर कोरोनालाई पराजित गर्ने उनले बताइन् । प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएको उनी दोस्रो उच्चपदस्थ व्यक्ति हुन् । यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रदेश १ मा एक हजार पाँच सय ६३ कोरोना संक्रमित छन् । तीमध्ये एक हजार १४ जना कोरोना मुक्त भएका छन् ।