Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

पाटन अस्पतालमा ३८ वर्षीया कोरोना संक्रमितको मृत्यु

Wednesday, August 12, 2020 National Power

काठमाडौं – ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।मृतक जनकपुरकी ३८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ । गएराति बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तुको तौलिहवाका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । बुटवलको कोरोना विशेष अस्पतालमा अर्का एक पुरुषको पनि मृत्यु भए पनि उनको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ ।

यसैगरी मंगलबार राति नै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं.८ का संक्रमितको मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।