Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

मह जोडीलाई ५१ हजार राशिसहितको चैत्यदेवी सिंह पुरस्कार

Tuesday, August 11, 2020 National Power

काठमाडौं – भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस बर्षको चैत्यदेवी सिंह पुरस्कार पुरस्कार महजोडीलाई प्रदान गरिएको छ । ५१ हजार राशिसहितको उक्त पुरस्कार आज राजधानीमा एक कार्यक्रमको बीचमा प्रदान गरिएको थियो ।

फाउन्डेसनकी अध्यक्ष बसुन्धरा भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल चलचित्र कलाकार संघ काअध्यक्ष रविन्द्र खड्का लगायत फाउन्डसेनका सम्पूर्ण कार्यसमिति र संचारकर्मीहरुका बीच प्रदान गरिएको थियो ।

कोभिड–१९ कोरोनाको संक्रमण बढीरहेको अबस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम ठूलो जमघट नगरी आयोजना गरिएको थियो । महजोडीलाई कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले रुद्राक्षको माला लगाइदिएका थिए भने भुवन–हरिष चन्दले दोसल्ला ओढाएर सम्मान गरिएको छ । केही दिन अगाडि मात्र ५ दशक देखि नेपाली चलचित्र र रंगमन्चमा अनवरत रूपमा कार्यरत विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मालाई चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशक भन्दा बढी समयदेखि नेपाली रंगमन्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत श्री भैरब बहादुर थापालाई हरिश भुवन चन्द पुरस्कार अर्पण गरिएको छ । दुबै पुरस्कारों राशी जनही एकाउन्न हजार रहेको छ ।

फाउन्डेसनले स्थापना बर्षको पुरस्कार गत बर्ष चलचित्र बिकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एकलाख त्रिपन्नहजार रूपैया अर्पण गरिएको थियो । पुरस्कार अर्पणको कार्यक्रममा फाउणडेसनका सचिव मोहन निरौला , सदस्य पुष्कर लामा,अन्जु रन्जीतकार र निर्देशक सम्झना उप्रेती पनि सहभागी रहेको थियो ।