Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मह जोडीलाई ५१ हजार राशिसहितको चैत्यदेवी सिंह पुरस्कार

Tuesday, August 11, 2020 National Power

काठमाडौं – भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस बर्षको चैत्यदेवी सिंह पुरस्कार पुरस्कार महजोडीलाई प्रदान गरिएको छ । ५१ हजार राशिसहितको उक्त पुरस्कार आज राजधानीमा एक कार्यक्रमको बीचमा प्रदान गरिएको थियो ।

फाउन्डेसनकी अध्यक्ष बसुन्धरा भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल चलचित्र कलाकार संघ काअध्यक्ष रविन्द्र खड्का लगायत फाउन्डसेनका सम्पूर्ण कार्यसमिति र संचारकर्मीहरुका बीच प्रदान गरिएको थियो ।

कोभिड–१९ कोरोनाको संक्रमण बढीरहेको अबस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम ठूलो जमघट नगरी आयोजना गरिएको थियो । महजोडीलाई कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले रुद्राक्षको माला लगाइदिएका थिए भने भुवन–हरिष चन्दले दोसल्ला ओढाएर सम्मान गरिएको छ । केही दिन अगाडि मात्र ५ दशक देखि नेपाली चलचित्र र रंगमन्चमा अनवरत रूपमा कार्यरत विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मालाई चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशक भन्दा बढी समयदेखि नेपाली रंगमन्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत श्री भैरब बहादुर थापालाई हरिश भुवन चन्द पुरस्कार अर्पण गरिएको छ । दुबै पुरस्कारों राशी जनही एकाउन्न हजार रहेको छ ।

फाउन्डेसनले स्थापना बर्षको पुरस्कार गत बर्ष चलचित्र बिकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एकलाख त्रिपन्नहजार रूपैया अर्पण गरिएको थियो । पुरस्कार अर्पणको कार्यक्रममा फाउणडेसनका सचिव मोहन निरौला , सदस्य पुष्कर लामा,अन्जु रन्जीतकार र निर्देशक सम्झना उप्रेती पनि सहभागी रहेको थियो ।