Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

पुटिनद्वारा छोरीले कोरोना भ्याक्सिन लगाएको खुलासा

Tuesday, August 11, 2020 National Power

एजेन्सी-रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीले कोरोना भाइरसको भ्याक्सिन लगाएकी छिन् । रुसले विकास गरी दर्ता गरेको विश्वकै पहिलो कोरोना भ्याक्सिनको प्रयोग राष्ट्रपतिकै छोरीमाथि पनि भएको हो ।

पुटिनले आफ्नी एक छोरीले नै खोप लगाइसकेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पुटिनका दुई छोरी छन् । मारिया पुटिना र याकाटेरिना पुटिनामध्ये कस्ले भ्याक्सिन लगाए यकिन भने भएको छैन ।

पुटिनले छोरीले दुई दिन लगातार भ्याक्सिन परीक्षणका क्रममा लगाएको खुलाएका छन् । पहिलो दिन भ्याक्सिन लगाउँदा ज्वरो बढेर १००.४ फरेनहाइट कटेको र विस्तारै झरेको जानकारी दिए । दोस्रो ज्वरो ९८.६ फरेनहाइट पुगेको थियो । दोस्रो पटक पनि केही तापक्रम बढेपनि झरेको थियो ।

अहिले आफ्नी छोरी राम्रो अवस्थामा रहेको र एन्डीबडी धेरै रहेको पुटिनले बताए । उनले अब भ्याक्सिन अनिवार्य बनाइउको जानकारी दिए ।