Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

बैकुण्ठ राजले स्थापना गरे भगवती मा.वि. मा इरा आचार्य स्मृति अक्षयकोष

Sunday, August 9, 2020 National Power

 पाँचखाल– साहित्यकार बैकुण्ठ राज आचार्यले आफ्नो श्रीमतीको नाममा (इरा आचार्य) अक्षयकोष स्थापना गर्नु भएको छ । इरा आचार्य स्मृति अक्षयकोष द्वारा श्री भगवती मा.वि. पाँचखाल–११, खरेलथोकलाई रु पाँच लाखको अक्षयकोषका लागी आज चेक हस्तान्तरण गरिएको हो ।


पाँचखाल नगरपालिकाकी उप–प्रमुख लक्ष्मी दनुवारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । साथै शिक्षा शाखा अधिकृत उदय प्रसाद कोइराला, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोमा लामाको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

साहित्यकार बैकुण्ठ राज आचार्यले आफ्नो श्रीमतीको नाममा अक्षयकोष स्थापन गर्नु भएको हो ।इरा आचार्य स्मृति अक्षयकोषको चेक हस्तान्तरण कार्यक्रममा मणिराज चौलागाईं र नवीन कुमार मिश्रले पाँचखाल नगरपालिकाको उप–प्रमुख लक्ष्मी दनुवार, शिक्षा शाखा अधिकृत उदय प्रसाद कोइराला र विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष गोमा लामालाई राखेर श्री भगवती मा.बि पाँचखालका प्राध्यानध्यपक शिव राज नराललाई चेक हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा शिक्षक राम चन्द्र भट्टराई, रमेश खरेल लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।