Sunday 1st December 2024

    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना    बुद्ध धर्मका तीन प्रमुख यानहरू 'थेरवाद, महायान र बज्रयानमा आधारित 'परित्राण’ पुस्तक विमोचन

डि.आर उपाध्याय विश्वकै पहिलो विश्व किर्तिमानी गीतकार

Sunday, August 9, 2020 National Power

काठमाडौं– धेरैका लागि लकडाउन शुभ रहेन तर, गीतकार डिआर उपाध्यायका लागि भने यो लकडाउन निक्कै फलदायी रह्यो । कारण उनले यहि लकडाउनको समयमा लेखेका १७ गीतले एकै पटक विश्वकिर्तीमान कायम गरेका छन् ।

आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले डा. उपाध्यायलाई विश्व रेकर्डका १७ वटा प्रमाण पत्र प्रदान गरे । प्रमाणपत्र प्रदान गरे लगत्तै मन्त्री यादवले डा. उपाध्यायको कामले आफू हर्सित भएको उल्लेख गरे ।

डा. उपाध्यायले यसअघि पनि गीतसंगीतका विभिन्न काम गरेर पटक पटक गरी १५ वटा विश्व रेकर्ड कायम गरिसकेका थिए । आइतबार एकै पटक विश्व रेकर्डका १७ प्रमाणपत्र प्राप्त गरेका हुन् ।

उनले गीतसंगीतमा सामाजिक सद्भावका गीत, हरेक शब्दमा फरक फरक गायक गायिकाको स्वर समावेश गर्ने लगायतका १७ प्रयोग गरेका कारण विश्व किर्तिमानी कायम गरेका हुन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विश्वमै एकैपटक यति धेरै विश्व रेकर्ड राख्ने डा. उपाध्यायनै पहिलो ब्यक्ति भएको भन्दै प्रशंसा गरेका छन् ।

डा. उपाध्यायले समाजमा भैरहेका कुरालाई फरक तरिकाले प्रस्तुत गरौं भन्ने उदेश्यले अभिप्रेरित भै काम गरेको बताए । उपाध्यायले आजै संसारकै सानो गीति पुस्तर सार्वजनिक गरेका छन् । उपाध्यायलाई विश्व रेकर्ड राख्ने काममा संगीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारीले साथ दिएका छन् ।

डा. उपाध्यायले आफूले गीत विश्व रेकर्डका लागि भन्दा पनि समाजका लागि लेखेको बताएका छन् । तर, समाजमा पनि अरुले गरेभन्दा फरक गरौं भन्ने सोचले आफ्नो काम विश्व रेकर्डमा लेखिन सफल भएको उपाध्यायले बताए ।

२०७५ साल असार ८ गते पहिलो एल्बम ‘प्रणय’ एल्बमबाट सुरु भएको डीआर उपाध्यायको सांगीतिक यात्राले ३२ विश्व रेकर्ड कायम गरेको छ । डा. उपाध्यायले सबै वर्ग, पेशा र समुदायका लागि गीत लेखेका छन् । गीतमा हरेक चाडपर्वलाई समावेश गरेका छन् । उनका गीतमा प्रेम, रोमान्स, यातना, भावना तथा वैभव सबै कुरा अटाएका छन् ।