Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

युरोपमा कोरोना महामारी दोश्रो चरणमा प्रवेश गर्ने खतरा देखियो

Friday, August 7, 2020 National Power

एजेन्सी –  युरोपमा दोश्रोपटक कोरोना महामारीको खतरा देखिन थालेको छ । युरोपका जर्मनी, स्पेन, फ्रान्स, बेलायत लगायतका मुलुकहरुमा पछिल्ला दिन नयाँ केसहरु बढी देखिन थालेका छन् । जर्मनीमा ३ महिनापछि एकैदिन निकै धेरै संक्रमितहरु फेला परेका छन् भने स्कटल्याण्डको एबरडिन शहरमा कोरोना महामारी रोक्न पुनः लकडाउन घोषणा गरिएको छ ।

यी युरोपेली देशहरुमा पछिल्ला महिनाहरुमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य कमी आएको थियो । जर्मनीको रोग नियन्त्रण शाखाकाअनुसार बुधबार त्यहाँ देशभर १ हजार ४५ नयाँ संक्रमितहरु फेला परेका छन् । जर्मनीमा गत ७ मे पछि पहिलोपटक १ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका हुन् । जर्मनीमा गत अप्रिलमा महामारी चरम सीमामा पुग्दा हरेक दिन ६ हजारभन्दा बढी संक्रमित भेटिने गरेका थिए । यद्यपि, त्यहाँका सरकारी अधिकारीले केही दिनअघि मात्र सर्वसाधारणले भाइरसबाट जोगिन सतर्कता अप्नाइरहेको बताएका थिए । हालसम्म जर्मनीमा कुल २ लाख १३ हजार जना संक्रमित भैसकेका छन् भने ९ हजार १ सय ७५ जनाको मृत्यु भैसकेको छ । त्यस्तै स्टकल्यान्डका एक मन्त्री निकोला स्टर्जनका अनुसार त्यहाँको एबर्डीनमा नयाँ संक्रमितहरुको संख्या बढिरहेको छ । त्यसैले त्यहाँका बार, क्याफे र रेष्टुरेन्टहरु बन्द गर्ने आदेशसहित प्रतिबन्ध घोषणा गरिएको छ ।

उक्त शहरमा एकैदिन ५४ जना संक्रमित फेला परेलगत्तै उक्त कदम चालिएको हो । स्कटल्यान्डमा कुल १८ हजार ७ सय ८१ ज्नामा संक्रमण भएको छ । उता, बेलायतमा हालसम्म कम्तीमा ३ लाख ७ हजार संक्रमित देखिएका छन् । यीमध्ये ४६ हजार जनाको मृत्यु भएको छ । त्यहाँ पनि अहिले केही बढी संक्रमित देखिन थालेका छन् ।

यता, दक्षिण अमेरिकी मुलुक ब्राजिलमा फेरि ५० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । विश्वमा अमेरिकापछि ज्यादा कोरोना महामारीबाट प्रभावित ब्राजिलमा संक्रमितहरुको संख्या तिब्र गतिमा बढिरहेको छ । ब्राजिलमा अहिलेसम्म संक्रमणबाट २८ लाख ६० हजारभन्दा बढी व्यक्ति पीडित छन् । त्यसमध्ये ९७ हजार जनाको ज्यान गएको छ ।