Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

फेरी पनि जोर विजोर प्रणालि लागु, उपत्यका प्रवेशमा कडाई

Thursday, August 6, 2020 National Power

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ । आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ ।

निर्णय कार्यान्वयन गराउन बिहानैदेखि काठमाडौंका सडकमा ट्राफिक प्रहरीहरु परिचालित भएका छन् । उनीहरुले बिजोर नम्बरका सवारी साधन चलाउनेहरुलाई बिहानभर सम्झाइ बुझाइ गरेका छन् । ‘बुधबार बेलुकाको निर्णय भएकाले कतिपयलाई थाहा नहुन सक्छ त्यही भएर बिहान सम्झाइबुझाइ गर्ने गरेका हौं,’ ट्राफिक प्रहरीका एक जना अधिकारीले भने । दिउँसोदेखि भने कडाइ गर्ने उनले बताए ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो । गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागु गरिएको छ ।आज बिजोर नम्बरका गाडी चलाउन रोक लगाइँदा पनि काठमाडौं उपत्यकाको सडकमा सवारी साधनको चाप उस्तै देखिएको छ ।

गृह मन्त्रालयले अत्यावश्यक ढुवानीबाहेकका गाडीहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध गरेको छ । साथै दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा पनि बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ ।

PHOTO : CHANDRA ALE, SOURCE ONLINEKHABAR