Saturday 15th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

अर्जुन पौडेलले ल्याए हेण्डसम पोई बजारमा

Wednesday, August 5, 2020 National Power

लन्डन-  हिन्दू नारीहरुको महान पर्व तीज नजिकिदैं गर्दा बजारमा थुप्रै तीज गीतहरु रेकर्ड भएका छन् । कोरोनाको संक्रमण र लकडाउनका बावजुद पनि कलाकारहरुले आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन् । पछिल्लो समयमा सांगीतिक क्षेत्रमा लोकप्रियता कमाउंदै आएकी गायिका सेलिना कुँवरले पनि तीजको गीत सार्वजनिक गरिसकेकी छन् ।

‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम पोइ’ बोलको तीज गीतको भिडियो बेस म्युजिक नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो। चर्चित नायिका अञ्जली अधिकारीको अभिनय रहेको यस भिडियोमा गायिका सेलिनालाई पनि देख्न सकिन्छ । यस गीतमा अर्जुन पौडेलको शब्द रहेको छ भने सन्तोष राजको संगीत रहेको रहेको छ ।

गीतकार पौडेल गायक पनि हुन उनको केही समय पहिले बजारमा आएको ” मेरा काला दारी” गीत आहिले चर्चाको शिखरमा छ। भिडियोमा निर्देशन सन्तोष राजबाहकको रहेको छ भने वरिष्ठ क्यामेराम्यान ज्ञानेन्द्र शर्मा छायाङ्कन गरेका छन् । साजसज्जामा अनिताले सघाएकी छिन् ।