Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सङ्ग्रह हुने

Wednesday, August 5, 2020 National Power

एजेन्सी – विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी गरेको हो ।

नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर सङ्ग्रह गर्न सकिने भएको छ । फेसबुकबाट गुगलमा फोटो सार्नका लागि केही प्रक्रिया अपनाउनु पर्ने कम्पनीले जनाएको छ ।गुगलमा फोटो सार्नका लागि फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’ मा जानु पर्नेछ । त्यसका लागि सेटिङ्गमा जानु पर्दछ । त्यसपछि ‘ट्रान्सफर ए कपी अफ योर फोटोज अर भिडियो’ मा जानुपर्ने हुन्छ ।

त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेको फोटो गुगल फोटोमा गएर संग्रह हुने फेसबुकका अधिकारीहरुको भनाई छ । फोटो सार्ने सेवा शुरु गर्न पासवर्ड पनि माग्नेगरी मिलाइएको छ । आफ्नो फेसबुक र गुगल ‘अकाउन्ट’लाई लिंक गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुकको फोटोहरू ‘गुगल फोटोज’मा सार्न सक्नेछन् । एएनआई