Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

थप २५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो

Tuesday, August 4, 2020 National Power

काठमाडौं – पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९)  संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएका छन् ।

कहाँ कहाँ थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । यस्तै सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुर र धनुषाका १३र१३ जना, सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७र७ जना र रौतहटका ६ जनालाई कोरोना संक्रमण भएको छ ।

गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २र२ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, लमजुङ र पर्वतका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।