Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

प्रचण्डद्वारा बामदेवसँग भैंसेपाटीमा छ बुँदे प्रस्तावबारे छलफल

Tuesday, August 4, 2020 National Power

काठमाडौं  – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच महत्वपूर्ण कुराकानी भएको छ । बामदेवलाई भेट्न आज भैंसेपाटीस्थित उनकै निवास पुगेका प्रचण्डले पार्टीको विवाद समाधानको उपायबारे छलफल गरेका थिए । दुई नेताबीच ४५ मिनेट छलफल भएको थियो । विश्वस्त स्रोतका अनुसार भेट निकै सकारात्मक भएको छ । दुई नेताबीच बामदेवले प्रस्तुत गरेको छ बुँदे प्रस्तावबारे समेत छलफल भएको थियो ।

प्रचण्डले प्रधानमन्त्री ओलीसँग लगातार भेटेपनि निकास निस्कन सकेको छैन । त्यसमाथि ओलीको राजीनामाका पक्षधरहरु विस्तारै ओलीतर्फ नै फर्कन थालेपछि माहोल बदलिएको छ । भेटमा प्रचण्डले बामदेवको पछिल्लो धारणाबारे समेत सोधेको बुझिएको छ । बामदेवले भने आफू पार्टी एकताको पक्षमा भएको र त्यसका लागि एक स्टेप पछाडि हट्न पनि तयार भएको बताएका थिए । उनले छ बुँदे सहमतिमा टेकेर अर्ली महाधिवेशनमा जाने वातावरण तयार गर्न जोड दिएका थिए । प्रचण्डले भने वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग थप परामर्श गर्ने बताएको बुझिएको छ ।(ँष्भि एजयतय