Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

सुनको मूल्य तोलामा ९९ हजार ८ सय पुग्यो

Tuesday, August 4, 2020 National Power

काठमाडौं –  सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको सुनको भाउ मंगलबार कारोबारका लागि ९८ हजार ८ सय रुपैयाँ तोकिएको हो ।

आइतबार बढेको सुनको भाउ सोमबार स्थिर रहेको र मंगलबार पुनः बढेर तोलामा लाख पुग्न दुई सय रुपैयाँ कम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारका लागि तोकिएको सुनको बजार भाउ हालसम्मै उच्च भएको पनि महासंघको भनाइ छ ।

महासंघले आजका लागि तेजाबी सुनको प्रतितोला कारोबार मूल्य भने ९९ हजार ३७५ रुपैयाँ तोकिको छ भने चाँदीको प्रतितोला भाउ १२ यस ३० रुपैयाँ पुगेको छ । सुनको भाउ अन्तरािष्ट्रय बजार मूल्यमा निर्भर गर्ने भएकाले मूल्य वृद्धिमा स्थानीय बजारको भूमिका नहुने महासंघका अधिकारी बताउँछन् ।