Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

विश्वकै धनी जेफ बेजोसको खुलासा : जागिर छाडेर कम्पनी खोल्दा हाकिमले के भने रु

Friday, July 31, 2020 National Power

एजेन्सी – अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस अहिले विश्वका सर्वाधिक धनी व्यक्ति हुन् । उनै बेजोसले अमेजन कम्पनी स्थापनाकालका संघर्ष तथा आफ्नो व्यक्तिगत जीवनका विषयमा विभिन्न तथ्यहरुको खुलासा गरेका छन् । अमेरिकी कंग्रेसमा भएको सुनुवाइका क्रममा उनले अमेजन कम्पनीको स्थापना गरी हालको अवस्थासम्म ल्याइपुर्‍याउँदासम्मको विगतसमेत कोट्याएका छन् । न्युयोर्कस्थित एक इन्भेस्टमेन्ट कम्पनीको राम्रो पारिश्रमिक सहितको जागिर छाडेर सन् १९९४ मा बेजोसले अमेजन कम्पनी स्थापना गरेका थिए ।

कांग्रेसको वाणिज्य तथा प्रशासनिक कानून सम्बन्धी उपसमितिमा दिएको बयानका क्रममा उनले भनेका छन्, ‘दशौँ लाख शीर्षकसहित अनलाइन बुक स्टोर स्थापना गर्ने अवधारणा जो त्यसअघि कहिल्यैपनि अस्तित्वमा थिएन मेरो लागि निकै उत्साहवर्धक थियो ।’ आफ्नै कम्पनी स्थापना गर्ने सोँचका साथ उनले जागिरबाट राजीनामा दिन लागेको कुरा जब इन्भेस्टमेन्ट कम्पनीका आफ्ना हाकिमलाई सुनाए तब उनका हाकिम छक्क परे । अमेजन जस्तो कम्पनी खोल्ने कुरा कुनै राम्रो जागिर नभएको मानिसका लागि मात्र उपयुक्त हो सोचाई उनका हाकिमको थियो ।

‘जब मैले आफूले जागिर छाड्न लागेको कुरा हाकिमलाई बताएँ तब हाकिमले मलाई सेन्ट्रल पार्कमा लामो पैदल यात्रामा डुलाए । धेरै बेरसम्म मेरो कुरा सुनिसकेपछि उनले भने, ‘तिमीलाई थाहा छ जेफ, हुनत यो राम्रो आइडिया हो तर यो त्यस्तो मान्छेका लागि उपयुक्त हुन्थ्यो जो सँग राम्रो जागिर छैन ।’साथै उनका हाकिमले जागिरबाट राजीनामा दिने कुराबारेमा पुनर्विचार गर्न दुई दिनको समय दिए ।तर बेजोसले अमेजन कम्पनी स्थापना गर्ने दृढ निश्चय गरिसकेका थिए । उनी इन्टरनेट दौडमा सहभागी नहुँदाको पश्चाताप खेप्ने पक्षमा थिएनन् । उनलाई इन्टरनेटबाट हुने व्यवसायको ठूलो भविष्य छ भन्ने निश्चित भैसकेको थियो ।

बेजोसले आफ्नो र आफ्नो अभिभावकहरुले समेत जीवनभर कमाएको बचत खर्चिएर अमेजन कम्पनी खडा गरे । बेजोस भन्छन्, ‘मेरा बुवाआमा अमेजन कम्पनी वा इन्टरनेटको किताब पसलको आइडियामा जुवा खेलिरहेका थिएनन् । उनीहरु आफ्नो छोरामाथि दाउ लगाइरहेका थिए । यस्तो दाउमा हार्ने सम्भावना ७० प्रतिशत छ भनेर मैले भन्दा पनि उनीहरुले दाउ लगाइछाडे ।’

अमेजनमा लगानी गर्नका लागि मानिसहरुलाई सहमत बनाउन पनि उनलाई निकै कठिन भयो । पहिलो पटक १० लाख डलर लगानी उठाउन उनले लगातार ५० वटासम्म बैठक गर्नुपर्यो । उनका अनुसार त्यतिबेला सबैजसो मानिसले सोध्ने साझा प्रश्न थियो स् यो इन्टरनेट भनेको के हो रु

स्थापना भएदेखि सन् २००१ सम्म अमेजन कम्पनी घाटामै थियो । सन् २००१ को अन्त्यसम्ममा अमेजन कम्पनीको कूल घाटा ३ अर्ब डलर पुगेको थियो । तर सोही वर्षको चौथो त्रैमासिकमा अमेजनले पहिलोपटक मुनाफा कमाएको थियो । त्यसपछि भने अमेजन पछाडि फर्किनुपरेन ।

अमेजनको सफलतामा आफूलाई धेरै व्यक्तिहरुले सुरुआतदेखि नै सहयोग गरेको र आफुसँगै जोखिम बहन गरेको बेजोसले बताएका छन् ।