Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सुनको मूल्य तोलामा ९९ हजार पुग्यो

Thursday, July 30, 2020 National Power

काठमाडौं –  बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ पुगेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार ९९ हजार पुग्दै नयाँ रेकर्ड कायम भएको हो ।

अघिल्लो दिन बुधबार छापावाल सुनको मूल्य ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन बिहीबार ९८ हजार ५६० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदी १२२५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।