Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

गायक कमल के क्षेत्रिको नया गीत ” तिम्रो मनमा” सार्वजनिक…. (भिडियो सहित)

Tuesday, July 28, 2020 Devil Singh Rajput

गायक कमल के क्षेत्रिको बिल्कुल्यै नया गीत ” तिम्रो मनमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ। लामो समय देखि संगीत अनि गायन छेत्रमा आवद्द भै आफुलाई एक होनाहार र प्रख्यात ,चर्चित गायकको रुपमा स्थापित गर्न सफल गायक कमल के क्षेत्रि दर्शकले मन पराएका र दर्शक श्रोताहरुको मनमा बस्न सफल गायक हुन्। उनले गाएका प्राय सम्पूर्ण गीतहरु युवापुस्तालाइ लछित गरिएको हुन्छ भने प्रेमिल गायनमा उनि प्रख्यात समेत छन। तर केहि समय यता आफु धर्म कर्म बढी ध्यान दिने र बिश्वास समेत गर्ने गरेको गायकको भनाई रहेको छ र यसै बिश्वासलाइ दर्शक श्रोतहरु अनि धार्मिक व्यक्तित्वहरुमाझ कायम राख्न गायक कमल के छेत्रीले केहि धार्मिक गीतहरु समेत गाएका छन र उक्त धार्मिक गीतहरु पनि दर्शकको रुचिमा परेका छन। बिशेषतया आफु भगवान भोलेनाथको भक्त रहेकोले भगवान महादेवकै बारेमा शब्द रचेर ,गीत गाएका छन भने उक्त धार्मिक गीतहरुको म्युजिक भिडियोपनि श्री पशुपति क्षेत्रमै छायांकन गरेका छन।

सार्वजनिक यस गीत भने प्रेमिल भावमा तयार भएको छ। देशमा कोरोना जस्तो भयानक महामारीमा देश र जनता रोइरहदा सोहि पिडा अनि चिन्तालाइ सकेसम्म केहि कम होस् भन्ने हेतुले आफ्नो दर्शक तथा संगीत प्रेमीहरुको लागि यो कोसेली लिएर आएको गायक क्षेत्रिको भनाइ रहेको छ। गीतमा गायक कमल के क्षेत्रिको एकल गायन रहेको छ भने यस गीतमा शब्द संगीत गायककै रहेको छ। गीतको संगीतलाइ शैलेन्द्र म प्रधानले एरेन्ज गरेका छन। आकर्षण लोकेशन अनि गीतको भावलाई मिलाउने गरि तयार गरिको यस गीतको म्युजिक भिडियो निकै आकर्षण बनेको । भिडियोमा सद्दाम हुसेन र रिश्ता शाहीको अभिनय रहेको छ भने भिडियोलाई एदिल अन्सारीले खिचेका हुन्। गायक क्षेत्रिले आफ्नै अफिसियल युत्युब च्यानलमार्फत सार्वजनिक गरेको यस म्युजिक भिडियोलाई तुलाराम थापाले निर्देशन गरेका छन।