Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

जापानमा आफ्नो वेग्लै पहिचान वनाएका व्ययसायि केशब अधिकारी

Monday, July 27, 2020 National Power

जापान – धादिङ स्थायि घर भई बिगत २२ बर्ष देखि जापानमा बसोबास गर्दै आउनु भएका समाजसेबी तथा व्यावसायि केशब अधिकारी अहिले जापानमा रहेका नेपाली व्यावसायिहरु मध्येमा गिने चुनेका व्यसायिमा गनिन्छन् , उनले आफ्नो व्यवसायलाई र समाजसेवाको कार्यलाई एकै साथ अघि वढाएका छन् ।

एउटा जापानिज वाइनबार (जापानीज रेस्टुरेन्ट) बाट व्यावसाय सुरु गर्नु गरेका अधिकारीले अहिले जापानको अन्तर्राष्ट्रिय विमान स्थल हानेदा एयरपोर्ट बाट दश मिनेटको दुरिमा रहेका कामता स्टेसनमा जापानमै नेपाली रेस्टुरेन्टहरु मध्येमा अहिले सम्मकै सबैभन्दा ठुलो २५० भन्दा बढी क्यापसिटी रहेको चौतारो रेस्टुरेन्ट संचालनमा ल्याएका छन भने उनले ५० – ६० जना नेपाली तथा जापानीजहरुलाइ समेत रोजगारी दिदै आएका छन् ।

अधिकारीले संचालन गरेको उक्त रेस्टुरेन्टमा नेपाली कला संस्कृती तथा विश्व सम्पदा सुचिमा परेका सांस्कृतिक सम्पदा झल्किने खालका चित्रहरुलाइ भित्तामा चौतारो सङगै चित्रण गरिएको छ ।

अधिकारीको रेष्टुरेन्टले त्याहाँ खान जाने हर कोहीलाई नेपालमै रहेको अनुभुती दिलाउने गरेको रेस्टुरेन्टका संयोजक बिनय श्रेष्ठले वताए , विशेष गरि नेवारी खानाका साथमा थकाली खाना एवं नेपाली स्वादका परिकारहरु पाउनुका साथै नेपाली कला संस्कृती झल्किने लाइभ लोकदोहोरिको साथमा होटलमा आउनेहरु रम्न रमाउन पाउनेछन् ।

दश वर्ष भन्दा वढी जापानीज कम्पनीमा काम गरेका कारण जापानमै नेपाली रेस्टुरेन्ट खुलेको अधिकारी बताउछन् , स्वच्छ ,सुन्दर पारिवारिक बाताबरणमा खुलेको उक्त रेस्टुरेन्टमा नेपाली हरुको मागलाइ ध्यानमा राखी रेस्टुरेन्ट भित्रै रेमिटेन्स सुबिधा संगै हलाल फुड, दाल, चामल, चिनी, खसिको मासु लगाएत थुप्रै सर सामनहरु उपलब्ध गराएका छन ।

व्यावसायि तथा समाजसेवी केशव अधिकारीले नेपाली नारीहरुको महान चाड हरि तालिका तिजलाइ लक्षित गरि कामतामा रहेको चौतारो रेस्टुरेन्टमा बहस तथा तिज कार्यक्रम सार्बजनिक गरेका छन भने उक्त तिज विशेष बहस तथा कार्यक्रममा जापानमा रहनु भएका सम्पुर्ण दिदि बहिनीहरुलाइ चौतारो रेस्टुरेन्टमा सहभागिताको लागि अधिकारीले अनुरोध समेत गरेका छन । अधिकारीले नेपाली कला संस्कृतिको जर्गेना गर्ने, जापानमा रहेका तथा नेपालमै रहेका दुःख पाएका नेपालीहरुलाई आर्थिक एवं भौतिक सहयोग समेत गर्दै आईरहेका छन् ।