Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

ओलीलाई हटाउन प्रचण्ड र नेपाल अन्तिम तयारी गर्दै

Monday, July 27, 2020 National Power

काठमाडौं- अन्तत नेपाल कम्युनिस्ट पार्टीमा ओलीइतरका समुह कडा कदम चाल्ने तयारीमा लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर कडा रणनीति बनाउन सक्रिय भएको हो ।

आज विहान प्रचण्डनिवास खुमलटारमा प्रचण्ड र माधव पक्षका नेताहरुको बैठक चलेको छ । यसअघि केही दिनयता यो समुहको विभिन्न चरणमा बैठक बसिसकेको छ । बैठकले अब वार कि पारमा जाने लगभग निष्कर्ष निकालिसकेको समुहका एक नेताले जानकारी दिए ।

अब ओलीलाई राजीनामा दिन अन्तिम पटक भन्ने र नमाने पार्टीबाट निर्णय गरेर सरकारबाट फिर्ता बोलाउने सम्ममा जाने प्रचण्ड र माधव समुहले रणनीति तयार गरिरहेको छ । आफूहरुले चाल्ने कदमपछि उत्पन्न हुने परिस्थितिबारे समेत आँकलन गरी छलफल बढाइएको बुझिएको छ ।

नेकपाभित्र प्रचण्डको अध्यक्षतामा भएपनि स्थायी कमिटी बैठक बसेर ओलीबारे निर्णय छिट्टै लिइने तयारी भएको छ । स्थायी कमिटीमा प्रचण्ड र माधवका समर्थक जोड्दा बहुमत पुग्छ ।

नेकपाभित्र अब सहमतिको सम्भावना लगभग टरिसकेको बुझिएको छ । सहमति बनाएर लान उपाध्यक्ष बामदेव गौतम र रामबहादुर थापा बादलले अन्तिम प्रयास गरिरहेका छन् । तर, ओली राजीनामा दिन नमान्ने र प्रचण्ड माधव समुह कुनै हालतमा प्रधानमन्त्रीबाट हटाएरै छाड्ने अडानमा रहेकाले टकराव बढ्ने देखिएको छ ।