Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

रियल म्याड्रिडले जित्यो ला लिगाको उपाधि

Sunday, July 19, 2020 National Power

रियल म्याड्रिडले सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा भिल्लारियललाई २/१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो। रियलका लागि दुवै गोल करिम बेन्जिमाले गरेका थिए। फ्रेञ्च स्ट्राइकर बेञ्जिमाले खेलको २९ मिनेटमा पहिलो गोल गर्दा ७७ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारे।

भिल्लारियलका लागि इबोराले ८३ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो। रियलले अन्तिम खेलअघि उपाधि जित्ने क्रममा दोस्रो स्थानको बार्सिलोनालाई पछि पार्‍यो। रियलले अन्तिम खेलअघि ८६ अंक जोड्यो। दोस्रो स्थानको बार्सिलोना ७९ अंक छ।

बार्सिलोना बिहीबार राति भएको खेलमा ओसासुनासँग २/१ गोलले पराजित भयो। रियलले ला लिगाको ३४औं पटक उपाधि जितेको हो। पछिल्लो पटक रियलले २०१७ मा लिग जितेको थियो। त्यसअघि रियल २०१२ मा च्याम्पियन बनेको थियो। पछिल्लो १० वर्षमा रियलको यो तेस्रो उपाधि हो।