Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

सरकारले वेबसाइट बन्द गर्न सक्ने

Sunday, July 19, 2020 National Power

 

काठमाडौँ — इन्टरनेट सेवा प्रदायकले सरकारले चाहेको समयमा जुनसुकै वेबसाइट बन्द गर्नुपर्ने भएको छ । इन्टरनेट सेवा प्रदायकलाई यसअघि अश्लील वेबसाइट बन्द गर्न निर्देशन दिएको सरकारले अब जुनसुकै वेबसाइट पनि बन्द गर्न निर्देशन दिन सक्ने कानुनी व्यवस्थासहित नेपाल दूरसञ्चार प्राधिकरणले विनियमावली जारी गरेको छ ।

प्राधिकरणले सञ्चालक समितिबाट स्वीकृत गराई सार्वजनिक गरेको इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनसम्बन्धी विनियमावली ०७७ मा सरकार र प्राधिकरणले चाहेको वेबसाइट बन्द गराउनुपर्ने सर्त राखिएको हो । विनियमावलीको नियम १०.५ को उपनियम ३ मा भनिएको छ, ‘नेपाल सरकार वा प्राधिकरणले समय–समयमा बन्द गर्नुपर्ने भनी लेखिपठाएका वेबसाइट तत्काल बन्द गरी जानकारी गराउनुपर्ने ।’

जानकारहरूका अनुसार यस्तो प्रावधान संविधान र कानुनविपरीत हो । सरकार र दूरसञ्चार प्राधिकरणलाई कुनै कानुनले यस्तो अधिकार नदिएको सूचना प्रविधिसम्बन्धी जानकार अधिवक्ता बाबुराम अर्यालले बताए ।