Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

काभ्रे‍ शिक्षक संघको माग ; विद्यालयबाट क्‍वारेन्टाइन हटाउ

Friday, July 17, 2020 National Power

 काभ्रेपलान्चोक — नेपाल शिक्षक संघ काभ्रेले जिल्लाका सामुदायिक विद्यालयमा स्थानीय तहमा निर्माण गरेका क्‍वारेन्टाइन हटाउन माग गरेका छन ।

काभ्रेपलान्चोक जिल्लाभर विद्यालयमा बनाइएका क्‍वारेन्टाइनले नराम्रो असर गर्न भएकाले सबै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउँदै संघले स्वच्छ एवम् स्वस्थ वातावरण कायम गर्न माग गरेको हो ।

विद्यालय र विद्यार्थी उच्च जोखिममा रहेको भन्दै शिक्षक संघले जिल्लाका स्थानीय तहमा ज्ञापनपत्र बुझाउँदै संघले पालिकाभित्रका शिक्षक र विद्यार्थीहरुको पीसीआर परीक्षण गर्न र सम्पूर्ण शिक्षकको स्वास्थ्य बिमा गर्न र पीपीईको व्यवस्था गर्न पनि माग गरेको छ ।

शिक्षक संघले २०५७ साल अघि स्थायी नियुक्ति पाई प्राविधिक रुपमा २ ग्रेड खाँदै आएका शिक्षकहरुलाई निजामतीसरह २ ग्रेड उपलब्ध गराउने अदालतको फैसला, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्रलाई कार्यान्वयन गर्न पनि माग गरेको छ ।

१३ वटै पालिकामार्फत स्थानीय सरकारको ध्यानाकर्षण गराएको शिक्षक संघ काभ्रेका सचिब शम्भु प्रसाद घिमिरे ले जानकारी गराऊनु भयो ।