Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

नेकपा स्थायी कमिटी बैठक सुचारु गर्ने निश्कर्ष, ओलीको राजीनामा मुख्य एजेण्डा

Thursday, July 16, 2020 National Power

काठमाडौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटक पटक भएका भेटवार्ताले विवाद हल गर्ने ठोस सहमति निकाल्न सकेको छैन् । गत असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेपछि विवाद चुलिएको हो ।

तर, ओलीले आफूले दुवै पदबाट कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएका छन् । दुई अध्यक्षबीच सहमति खोजिने प्रयासमा स्थायी कमिटीको बैठक नै प्रभावित भएको छ । ओली र दाहालबीच धेरैपटक एक्लाएक्लै भेटवार्ता भएका छन् । तर, दुवै जना आफ्नो अडानबाट टसमस नभएपछि भेटवार्ताले विवाद समाधानको लागि कुनै बाटो तय गर्न सकेको छैन् । स्थायी कमिटीको बैठक सुचारु गरेर अघि बढ्न दाहाललाई बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले दबाब दिएका छन् । पार्टीको निर्णय ओलीले मानेर अघि बढ्नुपर्ने भन्दै अर्का सचिवालय सदस्य रामबहादुर थापाले पनि दाहाललाई साथ दिएका छन् ।

ओलीलाई राजीनामा दिन दाहाल- नेपालको आग्रह, बालुवाटारको भेटवार्ता सम्पन्न

स्थायी कमिटीको बैठक भोलि विहान ११ बजेलाई डाकिएको छ । तर, बैठक बस्ने वा नबस्ने भन्नेबारे अझै टुँगो छैन् । बैठकको पूर्व सन्ध्यामा दाहाल(नेपाल समूहले आज दाहाल निवास खुमलटारमा छलफल गरेको थियो । उक्त छलफलमा सचिवालयका ६ जना सदस्यहरु सहभागी थिए । गृहमन्त्रीसमेत रहेका बादलपनि बैठकमा सहभागी थिए । खुमलटारमा भएको ६ भाईको भेलाले अब बैठक स्थगित् गरेर राख्न नहुने निश्कर्ष निकालेको छ ।

स्रोतकाअनुसार भोलिको बैठक सुचारु गरेर अघि बढ्ने र पार्टीको निर्णय सबैले मान्नुपर्ने निश्कर्ष निकालेको छ । यसअघि ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेको दाहाल नेपाल समूहले अहिले प्रधानमन्त्रीबाट मात्रै राजीनामा दिनुपर्ने भन्दै लचकता देखाएको छ । तर, ओलीले भने कुनैपनि हालतमा दुवै पद नछोड्ने अडान लिएका छन् ।

#REPORTERS NEPAL#